२५ कार्तिक २०७६, सोमबार

उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले  उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

आगामी मंसिर १४ गते हुने उपनिर्वाचचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगको आइतबारको बैठकले ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्याया सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृत गरी ५२ जना लाई निर्वाचचन अधिकृतमा नियुक्त गरेको हो ।

आयोगका अनुसार उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदमा निर्वाचन हुदैछ ।

आयोगले तोकिएका निर्वाचन अधिकृत ?
election

Leave a Reply

5 × five =

Close Menu