२४ कार्तिक २०७६, आईतवार

सभामुख नहुदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम रोकिए

बार्षिक कार्ययोजना बनाउन पनि उपसमिति गठन गर्ने

प्रतिनिधिसभाका सभामुख नहुदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम रोकिएका छन ।

संसद सचिवालयका कर्मचारीमाथि यौन दुब्र्यबहार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित पँच वटा विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाउने काम नै रोकिएको हो ।

सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने भएकाले संसदबाट पारित गरिएको ती विधेयकहरु प्रमाणीकरणको काम पनि रोकिएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसार सभामुखले दुवै सदनबाट पारित भएको विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ ।

तर सभामुख नहुदा ती सबै कामहरु रोकिएको अवस्थामा रहेको पनि संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले सभामुख पद रिक्त हुदा प्रतिनिधिसभाका सांसदहरुको देश भित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको स्पष्ट पारेको छ ।

प्रवक्ता पाण्डेले सभामुख नहुदा प्रतिनिधिसभाका सांसदहरुले देश भित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको बताए ।

त्यसैगरी सभामुख नहुदा संसदीय समितिका बैठकहरु पनि अघि बढन सकेको छैन ।

सभामुखको निर्देशनमा बन्ने एजेन्डाका आधारमा मात्रै संसदीय समितिका कामहरु अघि बढनुपर्ने संवैधानिक व्यवस्था भएकाले सभामुखको अभावमा संसदीय समितिका गतिविधिहरु पनि ठप्प रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्था अनुसार सरकारले सिफारिस गरेपछि मात्रै संघीय संसदको हिउदे अधिवेशन राष्ट्रपतिले आह्वान गर्नुहुनेछ ।

घीय संसद सचिवालयले संघीय संसदको हिउदे अधिवेशन बोलाउने आवश्यक तयारी भने गरिएको जनाएको छ ।

प्रवक्ता पाण्डेले सभामुख निर्वाचनका लागि पनि संसदको हिउदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था भएको उल्लेख गर्दै त्यसका लागि सचिवालयले गर्ने प्राविधिक तयारीको कामलाई भने अघि बढाइएको बताए ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभाको बैठकको अध्यक्षतामा गर्ने बाहेक अन्य काम गर्न नमिल्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

one + 20 =

Close Menu