२४ कार्तिक २०७६, आईतवार

चिनिया अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन पहल

उद्योग सचिव यामकुमारी खतिवडालाई लेखा समितिले स्पष्टिकरण सोध्ने

संसदीय समितिले चिनिया अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन पहल गर्ने भएको छ ।

संघीय संसद अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित संरक्षण समितिले बिहीबार चीनका राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङ जुन नेतृत्वको टोलीसग सिंहदरबारमा बजार अनुगमनबारे अनुभव आदानप्रदान गरेपछि चिनिया अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनका सहभागी गराउन पहल गर्ने प्रतिवद्धता जनाएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समय मिलाएर चिनिया अधिकारहरुसगै संयुक्त टोली बनाएर नेपालको बजार अनुगमन गर्न पहल गर्ने निष्कर्ष बैठकमा निकालिएको बताए ।

बैठकमा चिनिया बजार अनुगमन उपमन्त्री जुनले चिनिया बजारको अनुगमनको अनुभव सुनाएका थिए । बैठकमा दुवै पक्षबीच खाद्य सम्प्रभुताका विषयमा पनि छलफल भएको थियो ।

Leave a Reply

thirteen − four =

Close Menu