२४ कार्तिक २०७६, आईतवार

संघीय राष्ट्र संघ दिवस अर्थात यूएन डे

संघीय राष्ट्र संघ दिवस अर्थात  यूएन डे

संयुक्त राष्ट्र संघीय नियोगहरुले वातावरण संरक्षणमा जोड दिदै काठमाडौंमा पनि संघीय राष्ट्र संघ दिवस (यूएन डे) मनाएका छन् ।

यूएन डेको अवसर पारेर बिहीबार काठमाडांैको राष्ट्रियसभा गृहमा नेपाल स्थित संयुक्त राष्ट्र संघीय नियोगहरुले विभिन्न स्टलहरुको प्रर्दशनी गर्दै वातावरण संरक्षण, मानव अधिकार, बाल अधिकार लगायतका क्षेत्रमा काम गर्न सर्वसाधारणलाई पनि आह्वान गरेका हुन ।

नेपालस्थित संयुक्त राष्ट्र संघीय नियोगहरु यूएनसिएचआर, आईएलओ लगायतका संघ संस्थाहरुले नेपालमा भईरहेका कामहरुको जानकारी गराउने उद्देश्यका साथ आफ्ना प्रचार सामग्रीहरुको पनि प्रर्दशनी गरेका थिए ।

प्रर्दशनीस्थलमा यूएनसंग आवद्ध नियोगका प्र्रमुखहरुसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरिएको थियो ।

संयुक्त राष्ट्र संघ अन्तरगतका नियोगहरुले नेपालमा मानव अधिकार, बाल अधिकार, वातावरण संरक्षण, लिगींय समानतालगायतका क्षेत्रका काम गर्दै आएका छन ।

Leave a Reply

16 + 3 =

Close Menu