२५ कार्तिक २०७६, सोमबार

निवर्तमान सभामुख महरामाथि बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर

संसद अबरोध हटाउन सभामुखको पहल

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको आरोप मद्दा दायर गरिएको छ ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले निवर्तमान सभामुख महरामाथि संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा बिहीबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

नर्भिक अस्पतालमा उपचारत महरालाई बिहीबार सरकार वकिलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ ।

अव उनीमाथि लगाएको अभियोगमाथि उनी पक्षका वकीलहरुले बहस गर्नेछन ।

बहस सकिएपछि महरा छुट्ने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।

Leave a Reply

fourteen − 6 =

Close Menu