२५ कार्तिक २०७६, सोमबार

नेकपाले उपनिर्वाचनमा नखट्ने र असहयोग गर्ने नेता कार्यकर्ता कारवाही गर्ने

रघुवीर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउन  माग

नेकपाले मंसिर १४ मा हुने उपनिर्वाचनमा नखट्ने र असहयोग गर्ने नेता कार्यकर्ता कारवाही गर्ने छ ।

नेकपा प्रदेश ३ कमिटीले जारी गरेको सर्कुलरमा निर्वाचनका वेला नखट्ने र असहयोग गर्ने जो सुकै नेता तथा कार्यकर्तालाई पनि कारबाही गर्ने जनाएको हो ।

उसले उपनिर्वाचन अभियानमा खटिने कार्यकर्ताको अभिलेख राख्नसमेत मातहत कमिटीहरुलाई सर्कुलर गरेको छ ।

साथै उसले पार्टी भित्रका आन्तरिक र असमझदारीहरु निर्वाचन अबधि भर गर्न पाउने गरी सरकार र पार्टी नेतृत्व विरुद्ध नकरात्मक टिका टिप्पणी गर्न समेत रोक लगाएको छ ।

यस्तै निर्वाचनको लागि तयारीमा जुट्न पनि नेकपाले आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ ।

Leave a Reply

fifteen + 8 =

Close Menu