२५ कार्तिक २०७६, सोमबार

महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश

सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत

काठमाडौ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएको हो ।

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

अदालतले थुनामा राख्न आदेश संगै महरालाई डिल्लीवजार काराकार चलान गरिएको छ ।

साथै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा नै रहेनछन् ।

संंसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

Leave a Reply

eighteen − sixteen =

Close Menu