२५ कार्तिक २०७६, सोमबार

प्रदेश प्रमुख नियुक्तीमा वरिष्ठ नेता माधबकुमार नेपालकाे असन्तुष्टि

बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको छ : माधवकुमार नेपाल

नेकपाका वरिष्ठ नेता माधबकुमार नेपालले प्रदेश प्रमुख नियुक्तीमा असन्तुष्टि जनाएका छन् ।

सरकारले सात बटै प्रदेशमा सिफारिस गरेकाहरुमा आफ्नो पक्षधरका नेताहरु नपरेपछि उनले पार्टी भित्र असन्तुष्टि जनाएका हुन् ।

सचिवालय बैठकमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतीमा महासचिव विष्णु पौडेलले प्रस्तावित सातै जना प्रदेश प्रमुखहरुको नाम प्रस्ताव गरेका थिए ।

नेता नेपालले पनि बैठकमा आफ्नो पक्षधरका केही नेताहरुका नाम सिफारिस गरेका थिए ।

तर बैठकमा उनको प्रस्तावमामाथी नै छलफल नभएको एक नेताले जानकारी दिए ।

उनका अनुसार बैठकमा बरिष्ठ नेता नेपालले आफूलाई पेलेर जाने प्रयास भएको भन्दै असन्तुष्टि जनाएका थिए ।

सिफारिस भएका प्रदेश प्रमुखमा अध्यक्ष ओली पक्ष धरका तीन जना, प्रचण्ड पक्षधरका दुई जना र एक जना बामदेव गौतम र अर्को एक जना रामबहादुर थापा निकट रहेका छन् ।

गौतम र थापा निकटका नेताहरुको नाम प्रस्ताव हुदा आफ्नो पक्ष्ँधरका नेताहरुको नाम नसेटिएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएका हुन् ।

Leave a Reply

fourteen + three =

Close Menu