२५ कार्तिक २०७६, सोमबार

प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णय स्वभाविक : महासचिव पौडेल

पार्टी भित्रको गुटबन्दीको सशक्त प्रतिवाद गर्नुपर्ने : महासचिव  पौडेल

नेकपाका महासचिव विष्णु पौडेल प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस लगायतका दलहरुले प्रदेश प्रमुखहरुलाई एकैसाथ हटाउने निर्णयप्रति आपत्ति जनाईरहेका बेला महासचिव पौडेलले भने सरकारको सो निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने बताएका हुन् ।

उनले संवैधानिक प्रक्रिया अनुसार नै प्रदेश प्रमुखहरुको पदमुक्ति र नया नियुक्तीको प्रक्रिया सुरु गर्दा अन्य दलहरुसंगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने आफूलाई नलागेको पनि बताए ।

‘संवैधानिक व्यवस्था अनुरुपनै प्रदेश प्रमुखहरु पदमुक्त भएका छन र सरकारले मनोनयनको प्रक्रिया पनि अघि बढाएको छ, सरकारले संवैधानिक प्रक्रिया अनुसार सो काम गर्दाखेरी अन्य दलहरुको सरकारसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने मलाई लाग्दैन ।’

महासचिव पौडेलले लोकतन्त्रमा सरकारको विरोध गर्न पाईने भएकाले त्यसको आफूले सम्मान गर्ने पनि बताए ।

महासचिव पौडेलले प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रुपमा रहने भएकाले अघिल्लो सरकारले नियुक्ति गरेका प्रमुखहरुलाई हटाउने काम स्वभाविकै भएको तर्क गरे ।

Leave a Reply

6 + twelve =

Close Menu