२४ कार्तिक २०७६, आईतवार

भारतले जारी गरेको नक्साप्रति नेपाली कांग्रेसकाे आपत्ति

सरकारविरुद्ध आन्दोलन चर्काउने:-देउवा

नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य : कांग्रेस

नेपाली कांग्रेसले भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाउदै नेपाली भूमिमाथि हुने अतिक्रमण अस्वीकार्य भएको बताएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरि भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएका हुन् ।

उनले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको स्मरण समेत गरेको प्रवक्ता विश्वप्रकाशले जानकारी दिए । साथै उसले कूटनीतिक माध्यमद्वारा समाधान खोज्न पनि सरकारलाई आग्रह गरेको छ ।

भारतीय दुतावासमा नेविसंघले ज्ञापन पत्र बुझायो

यसै विच नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाली काग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बिहीबार काठमाडौंको लैनचौरस्थित भारतीय दुतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दुतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

कालापानीलगायतका नेपाली भूमिसमावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको हो

Leave a Reply

one × 3 =

Close Menu