२३ कार्तिक २०७६, शनिबार

भारतले जारी गरेको नक्सा नेपाललाई सैह्य हुन सक्दैन : प्रचण्ड

आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै राजनीतिक परिवर्तनलाई जोगाउन सकिने :प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतले जारी गरेको नक्सा स्वीकार्य नभएको बताएका छन् ।

बिहीबार पोखरामा पत्रकारसंगको कुराकानीमा उनले भारतले हालै जारी गरेको नक्सा मान्य नहुने वताए ।

उनले भने, अहिले त कालापानी लगायत सबैले नक्साभित्र पारिसकेपछि यो नेपाललाई सैह्य हुन सक्दैन । मान्य हुन सक्दैन ।’

यस्तै उनले लिपुलेकबारे भारत र चीनबीच सहमति भयो भनेर आउदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग गलत भएको भन्दै पर्नुविचार गर्नुपर्छ भनेको स्मरण गरे ।

उनले भने, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुदैन ।’

सरकारले पनि भारतीय नक्सा स्वीकार्य नभएको वताईसको भन्दै उनले अब दुई देशबीच सम्वाद हुने उल्लेख गरे ।

Leave a Reply

four × one =

Close Menu