२४ कार्तिक २०७६, आईतवार

नेपाली भूभाग परेकाे छैन : भारत

भारतको स्वतन्त्रता दिवश नेपालमा पनि मनाइयो

भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभाग नपरेको दावी गरेको छ ।

नक्सामा नेपाली भूभाग पारीएको भन्दै नेपालले असहमती जनाई रहेका वेला भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन मार्फत उसले जारी नक्सामा नेपाली भूभाग नपरेको दावी गरेको हो ।

नया नक्सामा नेपालसंगको सीमा परिमार्जन नभएकोे दाबी भारतले गरेको छ ।

तर उसले नेपालसंगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने भने जनाएको छ ।

भारतको नयँ नक्सालाई लिएर नेपालमा विरोध भै रहको छ ।

राजनीतिक दलहरुले भारतले जारी गरेको नक्सा स्विकार्य नहुने वताएका छन् ।

सरकारले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको थियो ।

Leave a Reply

3 × 1 =

Close Menu