२४ कार्तिक २०७६, आईतवार

नेपालको करिव २ प्रतिशत भूमि भारतले मिचेको छ : मन्त्री बास्कोटा

नेकपामाथि लगाइएको प्रतिवन्ध हटाउन नसकिने : मन्त्री बास्कोटा

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्विकार गरी दिएको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको पनि बताए ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एक पक्षीय रुपमा भारतले जारी गरेको पोलिटिकल नक्सालाई सरकारले अस्विकार गरिदिएको बताए ।

‘एक पक्षीय रुपमा भारतले हालै जारी गरेको पोलिटिकल नक्सालाई हामीले अस्विकार गर्ने निर्णय गरेका छौ,’ मन्त्री बास्कोटाले भने, ‘कूटनीतिक, राजनीतिक तहबाट ती समस्या समाधान गरिनेछ ।’

उनले नेपालको करिव २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसंग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताए ।

नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बास्कोटाको भनाई छ ।

Leave a Reply

18 − 2 =

Close Menu