२० मंसिर २०७६, शुक्रबार

सर्वदलीय बैठक निष्कर्ष : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्राे हाे

सर्वदलीय बैठक निष्कर्ष : कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्राे हाे

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भारतले हालै जारी गरेको नक्सामा नेपाली भुभाग राखिएको भन्दै आपत्ति समेत जनाएको छ ।

बैठकले कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यसका लागि सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै सरकारले लिएको अडान सही भएपनि वक्तव्यमात्र जारी गरेर नपुग्ने भन्दै उनीहरुले तत्काल भारतसग सम्वाद गर्न सुझाएका छन् ।

भारतले जारी गरेको नया नक्सामा नेपाली भूभागलाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालमा यसको चौतर्फी विरोध भै रहेको छ ।

यसबारे साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका प्रतिनिधिहरको सर्वपक्षीय बैठक बोलाएका थिए ।

Leave a Reply

six + seven =

Close Menu