२१ मंसिर २०७६, शनिबार

प्रधानमन्त्री ओलीले मागे आफ्नो सचिवालयका सबै सदस्यहरूको राजीनामा

राजसंस्था उल्टाउने प्रयास नगर्न प्रधानमन्त्री ओलीले दिए चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यहरूको राजीनामा मागेका छन् ।

मन्त्रिपरिषदको पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले सचिवायका सबै सदस्यहरूको राजीनामा माग गरेका हुन् ।

तर सचिवालय सदस्यहरुले भने प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै राजीनामा दिन लागेका बताएका छन् ।

मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन् ।

उनीहरूले मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागिएको बताइएकाे छ ।

Leave a Reply

5 × four =

Close Menu