२२ मंसिर २०७६, आईतवार

कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नया नक्सा सार्वजनिक गर्न माग

काँग्रेस बैठक नियमावलीमा मात्रै केन्द्रित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नया नक्सा सार्वजनिक गर्न माग गरेको छ ।

उसले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको भूगोलको नक्साङ्कन गर्ने विषयमा सरकारलाई साथ र सर्मथन रहने वताए ।

भारतले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई नया राजनीतिक नक्सा जारी गरेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नया नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो ।

त्यस्तै कांग्रेसले सातवटै प्रदेशको प्रदेश प्रमुखको नियुक्ती र पदमुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताएको छ ।

Leave a Reply

15 − 2 =

Close Menu