२२ मंसिर २०७६, आईतवार

श्रमिक मैंत्री नीति कार्यान्वयनको सुनिश्चित गर्न सबै राष्ट्रलाई आग्रह : उपराष्ट्रपति पुन

भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न उपराष्ट्रपतिकाे आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक मैंत्री नीति कार्यान्वयनको सुनिश्चित गर्न सम्बन्धित सबै राष्ट्रलाई आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुको अधिकार र स्वतन्त्रताको हनन् गर्ने अधिकार २१ औं शताब्दीमा कसैलाई नरहेको पनि स्पष्ट पारे ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको ‘आप्रवासी श्रमिकहरुको अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले हरेक गन्तव्य मुलुकले श्रमिकहरुको स्वतन्त्रता र अधिकारको संरक्षण गर्ने दायित्वबाट विमुख हुन नपाउने पनि स्पष्ट पारे ।

उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुले अझै पनि श्रम शोषण तथा यौन शोषण जस्ता मारलाई सहन गरिरहनु परेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सम्बन्धित राष्ट्रहरुबीच बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिए ।

Leave a Reply

eleven − 3 =

Close Menu