२२ मंसिर २०७६, आईतवार

समाजवादी पार्टीले सरकार छाड्ने तयारी

समाजवादी पार्टीले सरकार छाड्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरि रहेका वेला सत्तासाझेदार दल समाजवादी पार्टीले भने सरकार छाड्ने तयारी गरेको छ ।
संविधान संशोधनको एजेण्डालाई सरकारले चासो नदिएको भन्दै उसले निश्चित समय दिएर सरकारबाट बाहिरिने तयारी गरेको हो ।

सरकारमा रहने वा बाहिरिने भन्ने बिषयमा कात्तिक २८ गते बस्ने समाजवादी पार्टी संघीय परिषद्को बैठकको मुख्य एजेन्डा राखेको छ ।

समाजवादी पार्टीका एक नेताका अनुसार परिषद् वैठकले सम्भवत सरकारबाट बाहिने निर्णय गर्ने बताए ।

यस अघि पनि समाजवादी पार्टीले संविधान संशोधनको एजेण्डा देखाउदै सरकारबाट बाहिरिने बताउदै आएको थियो ।

अहिले समाजवादीले एक उपप्रधान तथा स्वास्थ्य मन्त्रालय र एक राज्य मन्त्रालय लिएको छ ।

अर्को तर्फ राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकताको चर्चा चलेको पनि ओली नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने सर्त राजपाले अघि सार्दै आएको छ ।

Leave a Reply

5 × two =

Close Menu