२१ मंसिर २०७६, शनिबार

ऋणको मारबाट मुक्त गराउन करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको : अर्थमन्त्री खतिवडा

दोस्रो चौमासिक भित्र कार्यान्वयनमा नआएको बजेट अनिवार्य रुपमा अर्थ मन्त्रालयमा फिर्ता  गर्नुपर्ने

अर्थमन्त्री युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिदा केही अप्ठयारो भएपनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताए ।

उनले मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको पनि पटक–पटक दोहो¥याए ।

‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं,’ कर दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, ‘अत्याधिक ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले आफूको मुलुकको दीर्घकालीन हितका लागि करसम्बन्धि अलोकप्रिय निर्णय लिनु परेको हो ।’

अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्टयाउदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि बताए ।

Leave a Reply

six + four =

Close Menu