२२ मंसिर २०७६, आईतवार

उपनिर्वाचनको तयारीमा जुटन प्रचण्डले दिए कार्यकर्तालाइ निर्देशन

चितवनलाई अराजकताको केन्द्र बनाउन खोजियाे : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अध्यक्ष दाहालले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्नेगरी सो उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी प्रचार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि सो उपनिर्वाचनमा पार्टीको पक्षमा परिमाण आउने गरी निर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको पनि बताए ।

‘यो उपनिर्वाचन सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि हाम्रो पार्टीका लागि अग्नी परीक्षा भएको छ,’ अध्यक्ष प्रचण्डले भने,‘त्यसका लागि फिल्डमै गएर प्रचार अभियानमा तीव्रता दिई पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीका नेता, कार्यकर्ता डटेर अघि बढनु पर्दछ ।’

उपनिर्वाचनमा पार्टीले अन्य पार्टीले जितेको ८० प्रतिशत क्षेत्रमा पनि विजयी हासिल गर्ने रिर्पोटहरु आईरहेको पनि अध्यक्ष दाहालको भनाई थियो ।

Leave a Reply

19 − nineteen =

Close Menu