२० मंसिर २०७६, शुक्रबार

हाम्रो जमिनमा सेना नराख्नुहोस् : प्रधानमन्त्री ओली

हाम्रो जमिनमा सेना नराख्नुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दे उनले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिवद्धता जनाएका हुन् ।

अघिल्लो सताब्दी देखि नै नेपालको सिमा मिच्ने काम भएको उल्लेख गर्दै उनले सिमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले आफुलाई हिरो देखाउन उचाल्ने काम गरेको भएपनि वर्तमान सरकार सिमा समस्या समाधान गर्न सक्षम रहेको स्पष्ट पारे ।

उनले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका छन्, उनले भने “नेपाली जनताको सरकार हो । नेपाल राष्ट्रको सरकार हो । देश भक्त सरकार हो । त्यसकारण यस सरकारले आफ्नो भूमि एक इन्ज पनि मिचिन दिदैन । हामी नेपालीहरुलाई अरुको जमिन अतिक्रमण गर्नु छैन । हाम्रो जमिनबाट हाम्रा छिमेकीहरुले सेना फिर्ता लैजाओस् । हाम्रो जमिनमा सेना नराख्नुहोस् फिर्ता लैजानुहोस् हाम्रो आग्रह छ । ”

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसंग कुनै पनि तनाब नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले सरकारले संवाद मार्फत सिमा सम्बन्धी समस्या समाधान गर्ने बताए ।

कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उनले नक्सा नभई भूमि फिर्ता लिने विषय महत्वपुर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको पनि उल्लेख गरे ।

उनले भने “यो सरकार राष्ट्रिय हितको पक्षमा अड्न सक्छ र लड्न सक्छ । सबैलाई आग्रह गर्न चाहन्छु । सरकारले संवादको माध्यमबाट सीमा समस्याको समाधान गर्छ । ”

Leave a Reply

four × two =

Close Menu