२१ मंसिर २०७६, शनिबार

नेपाली भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघकाे विराेध

नेविसंघद्धारा प्रधानमन्त्री ओलीको राजीनामा माग

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघले राजधानी काठमाडौमा सरकार विरुद्ध प्रर्दशन गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले अतिक्रमित भूमि फिर्ताका लागि सरकारले पहल नगरेको भन्दै आईतबार राजधानीको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेको हो ।

प्रर्दशनकारीले सरकारले राष्ट्रवादको नारा लगाएपनि सिमा अतिक्रमणबारे आवश्यक पहल गर्न नसकेको आरोप लगाए ।

उनीहरुले राष्ट्रियता, राष्ट्रिय स्वभिमान र सिमा सुरक्षा तथा अतिक्रमित भूमि फिर्ताका लागि समयमै उपयुक्त कदम नचाले गम्भीर परिस्थिति श्रृजना हुने चेतावनी नै दिए ।

Leave a Reply

three × 3 =

Close Menu