२२ मंसिर २०७६, आईतवार

भारतसंगको सीमा विवाद समाधान गर्न सरकार सचेत छ : नेता पाण्डे

भारतसंगको सीमा विवाद समाधान गर्न सरकार सचेत छ :  नेता पाण्डे

नेपाल कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेले भारतसंगको सीमा विवाद समाधान गर्न सरकार सचेत रहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका पाण्डेले भारत सरकारले सरकारसंग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरिरहेको पनि स्पष्ट पारे ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले नेपालको एक इन्च भूमि पनि गुम्न नदिने दावी गरे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले भारत र चीन दुवै मुलुकसंग सीमा विवाद रहेको उल्लेख गर्दै समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिए ।

Leave a Reply

three + 5 =

Close Menu